७ फागुन , काठमाडौँ ।
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ ।
शुक्रवार विज्ञ समूह एमिकस क्युरीका सदस्य गीता पाठकले राय दिएपछि प्रतिनिधि सभा विघटन मुद्दामा बहस सकिएको हो ।
एमिकस क्युरीका पाँच जना सदस्यमध्ये बिहीवारसम्म बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली र पूर्णमान शाक्यले राय दिनुभएको थियो ।
एमिकस क्युरीका कार्की, खरेल र शाक्यले प्रतिनिधि सभा विघटनलाई गलत भनेका छन् भने मैनालीले प्रतिनिधि सभा विघटनको बचाउ गरेको छ ।
संवैधानिक इजलासको नेतृत्व गरिरहनुभएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेसम्म बहस नोट दिन आग्रह गरेको छ ।
गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको घोषणा गर्नुभएको थियो ।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।

COMMENTS