पछिल्लो २४ घण्टामा देशभर ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Homeसमाज

पछिल्लो २४ घण्टामा देशभर ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

विवाह पञ्चमी पर्व मनाइँदै
तुइनको सहायतामा उपल्लो डोल्पामा पहिलो पटक एम्बुलेन्स पुग्यो
विपन्न वर्गका व्यक्तिहरुलाई न्यानो कपडा वितरण


७ फागुन , काठमाडौँ ।
पछिल्लो २४ घण्टामा देशभर ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
दुई हजार नौ सय ३१ जनाको पीसीआर परीक्षण भएकोमा ९७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७३ हजार दुई ६३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक सय १४ जना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या दुई लाख ६९ हजार ६ सय १९ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा एक हजार पाँच सय ८३ जना सक्रिय सङ्क्रमित छन् ।
पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६१ पुगेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0