बैतडीकी भागरथी भट्टको शव आफन्तले बुझे

Homeसमाज

बैतडीकी भागरथी भट्टको शव आफन्तले बुझे

आदिवासी जनजाति उत्थान सुचना तथा सञ्चार सहकारीको १० औँ साधारण सभा सम्पन्न
वडाध्यक्ष सहित जुवाको खालबाट ९ जना पक्राउ
भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको आरोपीको बयान

७ फागुन , बैतडी ।
बैतडीकी भागरथी भट्टको शव आफन्तले बुझेको छ ।
बलात्कार र हत्या गर्ने अपराधी पक्राउ नपरि शव नबुझ्ने अडान लिएको परिवारले अपराधको आरोपी पक्राउ परेसँगै शव बुझेको हो ।
आफन्तले शव बुझेर गोठलापानीबाट सेरासम्म शवयात्रा गरी महाकाली नदीको छेउको आर्यघाटमा दाहसंस्कार गरिरहेका छन् ।
गएको माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथीको हत्या भएको थियो भने २२ गते शव भेटिएको थियो ।
प्रहरीले १३ औँ दिनमा भागरथीको हत्याको आरोपमा त्यही ठाउँका एक किशोरलाई प्रक्राउ गरी सार्वजनिक गरे पनि उनले हत्या गरेको मात्रै बयान दिएपछि भागरथीको परिवारले बलात्कारमा संलग्न व्यक्तिको पनि खोजी गर्न माग गर्दै शव बुझ्न मानेको थिएन ।
तर बिहीवार ती किशोरले भागरथीको बलात्कारपछि हत्या गरेको बयान दिएपछि परिवारले शव बुझेको हो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0