अपराजित एपीएफ लिग च्याम्पियन

Homeखेल

अपराजित एपीएफ लिग च्याम्पियन

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक शाहीको निधन
प्रथम महमाई नकआउट खुल्ला भलिबल प्रतियोगिताको विजेता साबिक महमाई वडा नं. ६
प्रधानमन्त्री कपमा गण्डकी प्रदेशको पहिलो

७ फागुन , काठमाडौँ ।
राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले अपराजित रहँदै उपाधि जितेको छ ।
शुक्रवार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई तीन–शून्यले हराएर एपीएफ च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा एपीएफकी सरु लिम्बुले दुई र अनिता केसीले एक गोल गरिन् ।
एपीएफले लिगमा १० अङ्कको अग्रतासहित उपाधि हात पारेको हो ।
एपीएफले १२ खेलमा ३६ अङ्क जोड्दा १२ खेलमा २६ अङ्क जोडेको आर्मी उपविजेता बनेको छ ।
यसअघि शुक्रवार बिहान ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा पुलिसले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई दश–शून्यले हराएको थियो ।
पुलिसको जितमा निरु थापाले चार गोल गरिन् । यस्तै निर्मला विकले तीन, सुनकला राई र अमृता जैशीले एकरएक गोल गरे ।
पुलिसले एक गोल आत्मघाती उपहार पाएको थियो ।
चौदण्डीगढी लिगमा जितविहीन भयो ।
उसले पुछारमा रहेर लिग सकाएको छ । उपाधि जितेको एपीएफले १५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
उपविजेता बनेको आर्मीले आठ लाख, तेस्रो भएको पुलिसले पाँच लाख र चौथो बनेको स्याङ्जाको वालिङ नगरपालिकाले तीन लाख रुपैयाँ प्राप्त गरेका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0