वर्तमान राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको पूर्व राष्ट्रिपतिको गुनासो

Homeराजनीति

वर्तमान राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको पूर्व राष्ट्रिपतिको गुनासो

अध्यादेश जारी भए लगत्तै नेकपा मा रडाको काउन्टर अट्याककाे तयारी
अहिलेको लडाइँ अग्रगमन र प्रतिगमनबीचको हो – प्रचण्ड
संसद् विघटन निर्णय खारेजीको माग गर्दै नेकपाका सांसद सर्वोच्च अदालतमा


७ फागुन , काठमाडौँ ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको रक्षा नगरेको गुनासो गरेका छन् ।
शोभाकर पराजुलीद्वारा लिखिनत समाजवाद र वीपी कोइराला तथा विपी विचार संग्रह पुस्तकको जनकपुरधाममा लोकार्पण गर्दै डा. यादवले भने, ‘राष्ट्रपतिले संविधानको पालना गर्नुभएन । रक्षा गर्नुभएन ।’
प्रधानमन्त्रीले संसद बिघटनको सिफारिस गरेपछि राष्ट्रपतिले दलभित्रको विवादले संसद विघटन गर्न नहुने भन्दै रोक्नुपर्ने डा. यादवले बताए ।
‘तपाईं आफ्नो दलभित्रको विवाद समाधान गर्नुस् र, समाधान भएन भने सदनमा जानुस् । अरु दलसँग सहमति लिनुस् । अरु दलले साथ दिन्छ भने सरकार चलाउन्ुस् । नभए अविश्वासको प्रस्ताव फेस गर्नुस् । र संविधानको स्टेप अनुसार जानुस् भन्नुपर्थ्यो’ डा. यादवले भने ।
उनले राष्ट्रपति भण्डारीको दलीय आवद्धता नछोडेको आशय प्रकट गरे । ‘उहाँ त राजनीतिक दलमा हुनुहुन्न, म पनि कांग्रेसबाट राष्ट्रपति बन्दा तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला समक्ष राजीनामा दिएको थिएँ । उहाँले पनि दिनुभएको होला म आशा गरौं’ डा. यादवले भने ।
चुनाव गराउने नाममा संविधानलाई भुटेर खाने कि संविधानलाई बचाउने ?’ उनले प्रश्न गरे ‘भोलि संसद पुनर्स्थापना नभए देश कुन बाटोमा जान्छ यो विद्धानहरुलाई सोधुँला, त्यो म भन्न सक्दिनँ ।’
लोकतन्त्रमा फेरि एक पटक ग्रहण लागेको बताउँदै उनले लोकतन्त्रलाई बचाउन सबैले भूमिका खेल्नुपर्ने बताए ।
लोकतन्त्रको खम्बा राजनीतिक दल हो भन्दै उनले सबैभन्दा ठूलो दल विभाजित भएको र अर्को दल कांग्रेसको अवस्था पनि ठीक नभएको बताए । ‘सबैभन्दा ऐतिहासिक, लोकतन्त्र र समाजवादीको पर्यायवाची बनेको पार्टीको अवस्था के छ ? ठीक छ ?’ उनले प्रश्न गरे ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0