प्रजातन्त्र दिवसको अवसरमा १५ बन्दी र ४०१ जना कैदीको सजाय मिनाहा

Homeसमाज

प्रजातन्त्र दिवसको अवसरमा १५ बन्दी र ४०१ जना कैदीको सजाय मिनाहा

अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस कावासोतीमा पनि मनाइदैँ
क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदै
तुइनको सहायतामा उपल्लो डोल्पामा पहिलो पटक एम्बुलेन्स पुग्यो

७ फागुन , काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सालिन्द्र यादवसहित विभिन्न कारागारमा रहेका १५ जना बन्दीको सजाय मिनाहा हुने भएको छ ।
प्रशासन कार्यालय र कारागार शाखाको सिफारिसमा असल बानीव्यहोरा भएका, कारागारको मापदण्ड पूरा गरेका कैदीको छुट दिने मापदण्डका आधारमा छुट दिने निर्णय गरिएको सरकारले जनाएको छ ।
विभिन्न कारागारमा रहेका उनीहरुलाई अदालतबाट भएको फैसला बमोजिम लागेको कैद, जरिवाना, सर्वस्वलगायतको सजाय माफी गरिएको हो ।
यस्तै ४०१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरेर माफी मिनाहा हुने भएको छ ।
आजदेखि लागू हुने गरेर बिर्खहाङ लिम्बुसहितका ४१० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरेर माफी मिनाहा गर्ने निर्णय भएको हो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0