प्रतिबन्धहरु फुकुवा गर्न अमेरिकासँग इरानको आग्रह

Homeअन्तराष्ट्रिय

प्रतिबन्धहरु फुकुवा गर्न अमेरिकासँग इरानको आग्रह

चीनमा बीबीसी वर्ल्ड न्यूजको टेलिभिजन प्रसारण बन्द
२० लाख यमनी बालबालिका भोकमरीको समस्यामा

८ फागुन , काठमाडौँ ।
इरानले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध लगाएका सबै किसिमका प्रतिबन्धहरु फुकुवा गर्न नयाँ अमेरिकी प्रशासन समक्ष आग्रह गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले इरानको आणविक समस्यालाई लिएर वार्ता गर्न इच्छा व्यक्त गरेलगत्तै इरानले यस्तो धारणा सार्वजनिक गरेको हो ।
इरानी विदेश मन्त्री मोहम्मद जावाद जरिफले ट्वीट गर्दै पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध लगाएका सबै किसिमका प्रतिबन्धहरु बिना शर्त र प्रभावकारी रुपबाट तत्कालै फिर्ता लिन आग्रह गरेका छन् ।
युरोपेली गठबन्धनका देशहरुको अगुवाइमा बाइडेन प्रशासनले इरानसँग वार्ता गर्न इच्छुक रहेको जनाएको थियो । इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौतालाई बचाउन पनि अमेरिका र युरोपेली देशहरु एक ठाउँमा उभिन लागेका हुन् ।
इरानले आणविक सम्झौता कायम राख्न आइतवारसम्मको समयावधि तोकेको थियो ।
इरानको परिस्थिति निकै नाजुक बनिसकेको जनाउँदै अझै युरोपेली देशको मात्र कुरा सुनेर धैर्य गर्न नसकिने इरानको भनाइ थियो । अमेरिकी नयाँ विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इरानलाई आइतवारकै समयसीमा नतोक्न आग्रह गर्नु भएको थियो ।

फ्रान्स, बेलायत र जर्मनीका विदेश मन्त्रीहरुसँगको भिडियो कन्फेरन्स सम्पन्न भएको केही घण्टापछि युरोपेली युनियनका राजनीतिक निर्देशक एन्रिक मोराले ट्वीट गर्दै इरान र अमेरिका सम्मिलित अनौपचारिक बैठक गर्न सहमति जुटेको दिए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0