स्वास्थ्य बिमा कार्यक्रमलाई कसरी प्रभावकारी ढङ्गले लैजान सकिन्छ ? – मुख्यमन्त्री गुरुङ

Homeसमाज

स्वास्थ्य बिमा कार्यक्रमलाई कसरी प्रभावकारी ढङ्गले लैजान सकिन्छ ? – मुख्यमन्त्री गुरुङ

अन्लाइन सांस्कृितक नृत्य प्रतियाेगिताकाे नितजा साँझ ८ बजे सार्वजनिक हुदै
विवाह पञ्चमी पर्व मनाइँदै
भौतिक संरचना बिनै मेसिन ल्याउदा पिसीआर परीक्षणमा ढिलाइ भयो — मध्यविन्दु जिल्ला अस्पताल

९ फागुन , नवलपुर ।
स्वास्थ्य बिमा कार्यक्रम सफल पार्नका लागि जिल्लाका अस्पतालहरुमा भौतिक पूर्वाधारको निर्माण , जनशक्ति व्यवस्थापन स्वास्थ्य सामग्रीको पर्यात उपलब्ध र औषधी गुणस्तरीय हुन आवश्यक रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् ।
पूर्वी नवलपरासीको कावासोतीमा आइतबार स्वास्थ्य बिमा सदस्यता शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन् ।
नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले देशका ७७ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै गर्दा नवलपुरमा पनि स्वास्थ्य विमा सदस्यता शुभारम्भ भएको छ ।


स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी र गतिशिलता तवरबाट लैजानका लागि जिल्लाका अस्पतालहरुमा आवश्यक दक्ष जनशक्ति र सामग्रीको आवश्यकता पर्ने मुख्यमन्त्री गुरुङले बताए ।
उनले यसका लागि स्थानिय तहको ध्यान जान आवश्यक रहेको पनि बताए ।
यस्तै मन्त्री गुरुङले स्वास्थ्य विमामा ३ हजार ५ सय पनि दिएर स्वास्थ्य विमा सदस्यता गराउन नसक्ने घरपवरिवार रहेको बताए ।
त्यसका लागि उनले स्थानिय तह र गण्डकी प्रदेश सरकार समन्वय गरेर अति विपन्न परिवारहरुलाई स्वास्थ्य विमा गराउने योजना रहेको बताए ।
नवलपुरमा आइतबार देखि दर्ता सहयोगीहरुका स्वास्थ्य बिमा सम्बन्धि ३ दिने आधारभूत तालिम सुरु भएको छ ।
तालिममा नवलपुर जिल्लाका ८ वटै पालिकाका भित्रका दर्ता सहयोगीहरुको सहभागिता रहका छन् ।
तालिम नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड टेकु , काठमाडौँले आयोजना गरेको हो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0