हिजो साँझदेखि तेल उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

Homeसमाज

हिजो साँझदेखि तेल उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

महिला कानुन व्यवसायीहरूले भागरथी भट्ट घटनाको अनुसन्धान गर्न गृह मन्त्रीलाई ज्ञापनपत्र
नवलपुरमा बलात्कार तथा यौन दुब्र्यवहारका घटना सवैभन्दा धेरै
शतबीज छरेर आज बालाचतुर्दशी पर्व मनाईदैँ

१० फागुन , बारा ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका ९ मा रहेको आरती भेजिटेबल तेल उद्योगमा हिजो साँझदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् ।
विद्युत सर्ट भएर लागेको आगो अहिलेसम्म नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।
अहिले चारवटा दमकलमार्फत आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी गराउनु भयो ।
कार्टुन प्याक गर्ने ठाउँमा विद्युत सर्ट भएर हिजो साँझ साढे सात बजेदेखि आगो लाग्न सुरु भएको प्रहरीले जनाएको छ ।
आगो निभाउन गएराति बारा, पर्सा र मकवानपुरका गरी आठ वटा दमकलको प्रयोग गरिएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0