गोर्खामा एकै परिवारका तीन जना मृत भेटिए

Homeसमाज

गोर्खामा एकै परिवारका तीन जना मृत भेटिए

“गाउँगाउँमा सिंह दरबार आयो भन्छ, हामीलाई त्यो आएको महशुस भएन ”
सचेतनाका कमीले गर्दा बजारमा म्याद गुज्रेका सामानहरु बिक्री वितरण भयो — घरेलु तथा साना उद्योग
आइतबार देशैभर प्रथम सहीद क्याप्टेन लखन थापा मगरको १४४ औँ स्मृति दिवस मनाइयो


१० फागुन , गोर्खा ।

गोरखाको बारपाक गाउँपालिकामा एकै परिवारका तीन जना मृत भेटिएका छन ।
लिवाचे टोलका अन्जादी ८५ वर्षका तीलबहादुर गुरुङ, उनकी बुहारी अन्दाजी २० वर्षीया आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङ सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।
बिहान अबेरसम्म घरको ढोका नखोलेपछि गएर हेर्दा उनीहरुलाई मृतअवस्थामा फेला पारेको स्थानीयले बताएका छन् ।
विषालु च्याउ खाएका कारण उनीहरुको ज्यान गएको हुनसक्ने अनुमान लगाइएको छ ।
घटनाबारे अनुसन्धान गर्न बारपाक प्रहरी चौकीको टोली अहिले घटनास्थलमा रहेको तथा इलाका प्रहरी कार्यालय जौवारीको टोली पनि त्यसतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0