कावासोतीमा विद्यालयको गेट पल्टिएर च्याप्दा एक विद्यार्थीको मृत्यु

Homeसमाज

कावासोतीमा विद्यालयको गेट पल्टिएर च्याप्दा एक विद्यार्थीको मृत्यु

न्यानो कपडा तथा खेल सामग्री पाउँदा बिद्यार्थीहरु हर्षित
अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस कावासोतीमा पनि मनाइदैँ
नवलपुरका बालुवा प्रशोधन उद्योगहरु विना कारवाही सुचारु

११ फागुन , नवलपुर ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका ५ स्थित कालिका माविको गेटमा च्यापिएर एक विद्यार्थीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप गिरीका अनुसार मंगलबार विद्यालयमा गेट पल्टिएर च्याप्दा कक्षा ३ मा पढ्ने ९ वर्षकी गमित्रा सिंजालीको घटनास्थलमै मृत्यु भएको हो ।
अर्का छात्र किस्मत ढकाल सामान्य घाइते भएका छन् ।
स्कुलको गेट जिर्ण रहेका कारण पल्टिएको प्रहरीको भनाइ छ ।
गेट के कारणले पल्टिएको हो भन्ने बारेमा प्रहरीले बिस्तृत अनुसन्धान थालेको जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0