प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतद्वारा बदर, संसद् पुनर्स्थापना हुने

Homeराजनीति

प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतद्वारा बदर, संसद् पुनर्स्थापना हुने

मुलुकमा एक करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम
एडीबी बैंकले दिने १ सय ५६ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने मन्त्रीपरिषद् बैठकको निर्णय
संसद विघटन गर्नुको कारण सर्वोच्चले सरकारसँग लिखित जवाफ माग्यो

११ फागुन , काठमाडौँ ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ ।
संवैधानिक इजलासमा भएको बहसका आधारमा सर्वोच्चले प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गर्दै संसद् पुनर्स्थापनाको फैसला गरेको हो ।
गएको पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।
रिटको सुनुवाइको लागि संवैधानिक इजलास गठन भएको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका थिए ।
यसैगरी सर्वाेच्चको आदेशमा १३ दिनभित्रै संसद् बैठक बोलाउन भनिएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0