नेकपा आधिकारिताकाे निर्णय फागुन २० मा

Homeराजनीति

नेकपा आधिकारिताकाे निर्णय फागुन २० मा

बर्तमान राजनीतिक परिस्थितिका सन्दर्भमा आदिवासी जनजाति महासँघको गम्भीर ध्यानाकर्षण
निर्वाचनको अवसरलाई सदुपयोग गर्न आयोगको अनुरोध
विद्यार्थीले चाहेको जस्तो देश बनेन – नेविसंघ महामन्त्री थपलिया

१३ फागुन , काठमाडौं ।

रिट निवेदनको सुनुवाइ सकिएपछि फैसला सुनाउने मिति तोकिएको हो ।

निर्वाचन आयोगमा पहिले नै ऋषि कट्टेलको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी नेकपा दर्ता भएको छ ।
तर एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई निर्वाचन आयोगले वैधता दिएपछि निर्णय बदर गर्न माग गर्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ ।

रिटमा अन्तिम सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गतेका लागि निर्णय सुनाउने मिति तोकेको हो ।

अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा उतिबेलै त्यसविरुद्ध उजुरी दिए पनि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पक्षमा निर्णय गरेको थियो ।
अहिले ओली र दाहाल पक्षबीचमा पनि विवाद देखिएका बेला आयोगको यस मुद्दाकाे फैसला अर्थपूर्ण हुन सक्नेछ । आयोगको यस निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते रिट दायर गर्नुभएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0