विश्व शान्ति स्यांक्चुरीको वेभसाइट सार्वजनिक

Homeसमाज

विश्व शान्ति स्यांक्चुरीको वेभसाइट सार्वजनिक

नवलपुरमा नदीजन्य पदार्थको अबैध उत्खनन् कार्य रोकिन सकेन
स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित थानकोटबाट दुई जना पक्राउ
भूमिहिन जनतालाई जमिनको मालिक बनाउछौँः ज्ञावली

१५ फागुन , लुम्बिनी ।
विश्व सम्पदासूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा बन्न लागेको ‘विश्व शान्ति स्यांक्चुरी’को आधिकारिक वेबसाइट सार्वजनिक भएको छ ।
शनिबार बिहान लुम्बिनीमा भएको एक कार्यक्रमबीच शान्तिको लागि बन्न लागेको शान्ति–भवन (स्यांक्चुरी) सम्बन्धी वेभसाइट सार्वजनिक गरिएको हो ।
परमआदरणीय श्याल्पा तेन्जिङ रिम्पोचेको परिकल्पनामा बन्न लागेको पिस स्यांक्चुरी विश्वकै ठूलो शान्ति–स्मारक हो । जहाँ सभाहलसहितको विशाल भवन बन्ने तयारी छ ।
सभामा बोल्दै श्याल्पा तेन्जिङ रिम्पोचेले पिस स्यांक्चुरी विश्वभरिका मानव समुदायको सम्पत्ति भएकाले त्यसलाई सबैको प्रयत्नमा बनाउनुपर्ने बताए ।
उनले जनताको एकएक रुपैयाँको सहभागिताबाट नेपालमा विश्वकै प्रतिष्ठित शान्ति स्यांक्चुरी बनाउन आफूले शंकल्प साँचेको उद्घोष गरे ।
वेभसाइट सार्वजनिक कार्यक्रममा चर्चित व्यवसायीहरू प्रसिद्ध बहादुर पाण्डे, ध्रुव कुमार श्रेष्ठ, शंकर घिमिरेलगायत उपस्थित थिए ।

www. peacesanctury. org नामको उक्त वेभसाइटबाट विश्व शान्ति स्यांक्चुरीबारे विस्तृतमा जानकारी लिन सकिनेछ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0