बालिका हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै प्रर्दशन

Homeसमाज

बालिका हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै प्रर्दशन

नेपाल मगर संघको १२ औ महाधिवेशनको तयारी तीव्र
सीमान्तकृत , आदिवासी जनजाति समुदाय लगायतका अधिकार संरक्षणमा राज्यले ध्यान पु¥याउन सकेन
कावासोती नगरबाट भने जस्तो सुबिधा पाउन सकिएन – महिला अर्गानिक कृषक समूह


१५ फागुन , नवलपुर ।
बालिकाको हत्यामा संलग्नलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गर्दै स्थानियले प्रर्दशन गरेका छन् ।
कावासोती नगरपालिका वडा –४,मा ६ महिने बालिकालाई हत्या गरिएको भन्दै हत्यामा संलग्नलाई पक्राउ गरि कारवाही गर्न माग राखि शनिबार प्रहरी कार्यालयमा स्थानियले प्रदर्शन गरेका हुन् ।
६ महिने बालिकालाई आफ्नै घरपरिवारले नियोजित रुपमा हत्यागरेको भनि बालिकाकी आमाले जाहेरी दिएपछी अनुसन्धानमा संलग्नलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।
स्थानियले भने प्रहरीले घटनाको छानबिनमा उदासिनता देखाएको भन्दै शनिबार प्रर्दशन गरेका थिए ।


उनिहरुले घटनाको निश्पक्ष छानविन गरि दोषिलाई कारवाहीको माग गरेका छन् ।
प्रहरी नायव उपरिक्षक गिरीले संलग्न भनिएको व्यक्तिलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान प्रक्रिया शुरु गरिएको बताउनुभयो ।
घटना फागुन ६ गते राति बिहिबारको भएको भएपनी फागुन ७ गते शुक्रबार बिहान ५ बजे मात्रै थाहा भएको जनाईएको छ । बालिकालाई नियोजित रुपमा विषादी खुवाएर हत्या गरेको आरोप बालिकाकी आमाको रहेको छ ।
घटनामा मृत बालिकाको बुबा,हजुरबुबा, हजुरआमा र अमाजु संलग्न रहेको भनेर प्रहरीमा किटानी जाहेरी परेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0