कावासोतीमा खाद्य स्वच्छता सम्बन्धि उपभोक्ता जागरण अन्तरक्रिया कार्यक्रम सम्पन्न

Homeसमाज

कावासोतीमा खाद्य स्वच्छता सम्बन्धि उपभोक्ता जागरण अन्तरक्रिया कार्यक्रम सम्पन्न

तमू (गुरुङ)हरूका दुई ठूला संस्थाहरुबीच २९ वर्षपछि एकताको सहमति
नवलपुरको विभिन्न स्थानमा सवारी दुर्घटना, २४ जना घाइते
६ वर्षमा थपिए १ सय ७ गैँडा

१५ फागुन , नवलपुर ।
पूर्वी नवलपरासीको कावासोतीमा खाद्य स्वच्छता सम्बन्धि उपभोक्ता जागरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित आयोजना सहयोग इकाइ कार्यालय पोखराको आयोजनामा अन्तरक्रिया भएको हो ।
उपभोक्ता हित संरक्षण मञ्च नवलपुरका अध्यक्ष डोरमान गिरीको सभाध्यक्षता एवम् गण्डकी प्रदेशकाका भूमि व्यवस्था तथा कृषि विभागका सचिव सब्नम शिवाकोटीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पछिल्लो समय खाद्य वस्तुहरु गुणस्तर नभएका कारणले गर्दा पनि धेरै मानिसहरु विरामी परेका बताइएको थियो ।


हरेक वर्ष विश्व खाद्यको तथ्याङ्क हेर्दा खाद्य बस्तुबाट श्रृजित रोगहरुबाट ४ लाख ३० हजार मानिस मर्ने गरेको डाक्टर रेशम ज्ञवालीले बताए ।
विशेषतः पशुजन्य उत्पादनहरुले मानिसको स्वास्थ्यमा निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
यो उत्पादन एकदमै पोषणयुक्त भएका कारणले गर्दा पनि हानिकारका किटाणुहरुले छिट्टै आक्रमण गर्ने भएकाले यसलाई सुरक्षित तवरबाट उत्पादन गर्नमा जोड दिईएको थियो ।
कार्यक्रममा नवलपुर जिल्ला भित्र रहेका दुग्ध व्यवसायी, मत्स्य पालन , पशु पालक कृषकहरुविच अन्तरक्रिया भएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0