सन्दिप लामिछानेले राशिद खान को स्थान लिने

Homeखेल

सन्दिप लामिछानेले राशिद खान को स्थान लिने

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नम्बर १ लाई
अपराजित एपीएफ लिग च्याम्पियन
नेपाल पहिलो पटक टी २० क्रिकेटको ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ खेल्न शनिबार पाकिस्तान गएका छन्।

लाहोर कलन्दर्समा आबद्ध भएसँगै सन्दीप शनिबार कतार एयरवेजबाट दोहा हुँदै पाकिस्तानको कराँची गएका हुन्। 

लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपले पिएसएल खेल्ने पक्का भएको थियो।

लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने लाहोर कलन्दर्सले निर्णय गरेको हो। रासिदले दुई खेल खेल्दा एक विकेट मात्र लिएका थिए। 

जिम्बावेविरुद्धको टेष्ट र टी २० सिरिजका कारण अफगानिस्तानी क्रिकेट खेलाडी खानले पिएसएलको बीचमा नै प्रतियोगिता छोडेका थिए।

उनको स्थानमा लाहोरले सन्दीपलाई छनोट गरेको हो।

यसअघि लामिछाने पिएसएलको ड्राफ्टमा सर्वाधिक महँगो प्लाटिनम श्रेणीमा थिए।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0