कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था क्रमिक सुधार

Homeराजनीति

कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था क्रमिक सुधार

गृह मन्त्री थापालाई माओवादी केन्द्रले सांसदबाट हटायो
संवैधानिक परिषद् बैठकको आह्वान, देउवा सहभागी नहुने
केपी ओलि सङ्ग एकता नहुने : माधब नेपाल

१६ फागुन , काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था क्रमिक सुधार हुन थालेको छ ।
गएको शुक्रवार बिहान मष्तिष्कघात भइ नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेता जोशीको सघन उपचार कक्ष (आईसीयू) को भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
शनिवारको तुलनामा आइतवार उहाँको स्वास्थ्य अवस्थामा निकै सुधार देखिएको उपचारमा संलग्न न्युरो सर्जन डाक्टर राजीव झाले जानकारी दिनुभयो ।
डा. झाका अनुसार जोशीले दाहिने हात र खुट्टा बढी चलाउनुभएको छ ।
जोशीलाई आइतवार बिहानदेखि नै बेहोस पार्ने औषधि दिन छाडिएको छ तर पनि उहाँले आँखा भने खोल्नुभएको छैन ।
जोशीको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानीसमेत लगभग सफा भएको पाइएको छ ।
उहाँको अवस्था अझै खतरामुक्त भने नरहेको डा. झाले जानकारी दिनुभयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0