संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड– माधव समूलाई ओलीको चुनौती

Homeराजनीति

संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड– माधव समूलाई ओलीको चुनौती

वर्तमान राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको पूर्व राष्ट्रिपतिको गुनासो
मंगलबार संवैधानिक इजलास नबस्ने
नागरिकलाई दुःख दिने बन्द/हड्दाल जस्ता अराजक कार्यमा साथ दिन सक्दैनौं – विवेकशील साझा


१६ फागुन , झापा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन पुष्पकमल दाहाल– माधवकुमार नेपाल समूहलाई चुनौती दिएका छन् ।
आइतबार झापाको कमलगाउँपालिका–७ झर्काहामा चीन– नेपालमैत्री औद्योगिक पार्कको शिलान्यासपछिको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतले संसद् पुनःस्थापना गरेपछि सरकार ढलिहाल्छ भन्ने नसोच्न सुझाव दिए ।
उनले कुनै पनि हालतमा आफू नेतृत्वको सरकार ढल्न सम्भव नभएको बताए ।
’सरकार कुनै पनि हालतमा ढल्दैन । संसद्मा दाहाल–नेपाललाई बहुमतले अविश्वासको पारित गरेर देखाउन चुनौती दिन्छु,’ प्रधानमन्त्रीले भने ।
जनताले ल्याएको परिवर्तन जनताले रक्षा गर्ने ओलीको भनाइ थियो । उनले वर्तमान परिवर्तनका लागि आफूले वर्षौंदेखि संघर्ष गरेको बताए ।
उनले आफूसँग संघर्षमा रहेका नेताहरू अहिले नभएको पनि बताए । निर्दलीय पञ्चायती व्यवस्था भएको बेलामा सघंर्ष गरेर, जेलनेल सहेर यहाँसम्म देश ल्याएको बताए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0