चितवनमा भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने गरी प्रक्रिया सुरु

Homeसमाज

चितवनमा भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने गरी प्रक्रिया सुरु

क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदै
बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा २ पाङ्ग्रे सवारी र पैदल यात्रा गर्न रोक
नेपालमा सोमबार थप एक हजार १४ जनामा सङ्क्रमण पुष्टि


१६ फागुन , चितवन ।
चितवनका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् ।
३७ हजारभन्दा बढी भूमिहीनलाई जग्गाधनी पूर्जा दिने गरी काम अघि बढाइएको हो ।
चितवनका सातवटै पालिकाले आफ्नो क्षेत्रभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत संकलन गर्ने काम सुरु गरेका छन् । वडा तहबाटै काम सुरु भएको बताइएको छ ।
भरतपुर महानगरपालिकाले अहिले भूमिहीनको लगत लिने काम गरिरहेको छ । महानगरपालिकामा १५ हजार ७ सय भूमिहीन तथा सुकुम्बासी छन् ।
भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया सुरु भइसकेको महानगर प्रमुख रेणू दाहालले बताइन् ।
प्रमुख राजनीतिक दलसँग समन्वय गरेर नगरस्तरीय र वडास्तरीय सहजीकरण समिति बनाएर महानगरपालिकाले काम अघि बढाएको उनको भनाइ छ ।
महानगरले १५ कर्मचारी नियुक्त गरेर काम अघि बढाएको हो ।
यस्तै रत्ननगर नगरपालिकामा ६ महिनाभित्रै भूमिहीनलाई जग्गाधनी पूर्जा दिने गरी काम सुरु भएको भूमिहीन तथा सुकुम्बासी लगत संकलन समितिका संयोजक अर्जुन पङ्गेनीले बताए ।
उनले वडावाट प्रमाणित गराएर नापनक्सा निकाल्ने काम गरिरहेको बताए । रत्ननगरमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका परिवारको संख्या दुई हजार ४५० रहेको नगरपालिकाले जनाएको छ ।
यसैगरी चितवनका माडी, कालिका र खैरहनी नगरपालिकामा पनि भूमिहीनको तथ्यांक संकलन गरी जग्गाधनी पूर्जाको प्रक्रिया अगाडि बढाइएको छ ।
इच्छाकामना गाउँपालिकामा पनि भूमिहीन तथा सुकुम्बासीको लगत संकलन गरी भूमिहीन सुकुम्बासी समस्या समाधान आयोगमा सिफारिस गर्ने तयारीमा रहेको अध्यक्ष गीता गुरुङले जानकारी दिइन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0