आदिवासी जनजाती महासंघकाे महाधिवेशन २०७८ जेठ १९ र २० गते

Homeविशेष

आदिवासी जनजाती महासंघकाे महाधिवेशन २०७८ जेठ १९ र २० गते

सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर
फोनिजको आयोजनामा सूचना प्रविधिको विकास र अबको पत्रकारिता विषयकमा अन्तरक्रिया हुने ।
नेविसंघ नेता मिलन बस्यालले जन्मदिन्काे अवसरमा दश हजार रकम मन्दिर पुनर्निर्माणमा सहयाेग गरे

काठमाडौँ  :  नेपाल आदिवासी जनजाती महासंघले दशौँ राष्ट्रिय महाधिवेशनको तालिका सार्वजनिक गरेको छ । महासंघको फागुन ७ गते बसेको बैठकले २०७८ जेठ १९ र २० गते सुर्खेतमा दशौँ महाधिवेशन गर्ने निर्णय भएको अध्यक्ष जगतबहादुर बरामले जानकारी दिए ।  

मितिः २०७७ फागुन १७ नेपाल आदिवासी जनजाति महासंघको दशौं राष्ट्रिय महाधिवेशन बारे प्रेस विज्ञप्ति नेपाली आदिवासीहरुको साझा संगठन नेपाल आदिवासी जनजाति महासंघ आदिवासीहरुको हक र अधिकारको लागि निरन्तर अभियानमा छ । २०६२÷६३ को जनआन्दोलन, १० वर्षे सशस्त्र युद्ध, आदिवासी जनजाति आन्दोलन, मधेस विद्रोह, दलित, मुस्लिम, महिला, अपाङ्ग, यौनिक तथा लैङ्गिक अल्पसंख्यकलगायत विभिन्न पहिचानजनित आन्दोलनहरूको जगमा संविधान निर्माण हुँदाहुँदै आदिवासी जनजातिलगायत सदिऔँदेखि बहिष्कृत–सीमान्तकृत वर्ग, समुदायको पहिचान र अधिकारसँग सम्बन्धित मूलभूत मुद्दाहरू सम्बोधन हुन सकेको छैन । तसर्थ, संविधान निर्माणको समयदेखि नै आदिवासी जनजाति, मधेसीलगायतले संविधान अपूरो र अधुरोसँगसँगै त्रुटिपूर्ण, विभेदकारी र एकल नश्लवादी रहेको ठहरसँगै संशोधन, परिमार्जन र परिवर्तन हुनुपर्ने मुद्दा निरन्तर उठाउँदै आएको विदितै छ । तथापि, संविधानमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताजस्ता सवालहरू रूपमा भए पनि समेटिएकोले ती मुद्दाहरूलाई समेत बचाउनुपर्ने राजनीतिक परिस्थिति निर्माण भएको महासंघ स्पष्ट पार्दछ । यस महासंघको २०७७ फागुन ०७ गते बसेको बैठकले आगामी २०७८ जेठ १९ र २० गते सुर्खेतमा दशौं महाधिवेशन आयोजना गर्ने निर्णय सार्वजनिक गर्दछौं । लोकतान्त्रिक पद्दति र नागरिकहरूको वैयक्तिक र सामुहिक हक, अधिकार, स्वतन्त्रता हनन् गर्ने कुनै पनि पक्षबाट हुने हमला र हस्तक्षेप हामीलाई कदापि स्वीकार गर्दैनौं । आदिवासी जनजातिलगायत बहिष्कृत–सीमान्तकृत नागरिकहरूको वैयक्तिक र सामुहिक हक, अधिकार र स्वतन्त्रता थप हनन् हुन नदिने प्रण गर्दै यो दशौं महादिवेशन सफल बनाउनको लागि सबै आदिवासी जनजाति, मधेशी, महिला, दलित, मुस्लिम, अपाङ्ग, यौनिक तथा लैंगिक अल्पसंख्यकलगायत नागरिक, नागरिक समाज, राजनीतिक दल, मानवअधिकारकर्र्मी, बुद्धिजीवी, प्राध्यापक, शिक्षक, कलाकर्र्मी, पेशाकर्र्मी, लेखक, पत्रकार, साहित्यकार, रंगकर्र्मी, युवा, विद्यार्र्थी, मजुदर, उद्योग व्यवसायी, अभियन्ताहरू एवम् सम्पूर्ण सचेत नागरिकहरूमा हार्दिक अपील गर्दछौं । महाधिवेशनको कार्यतालिकाः १ विस्तारित बैठक २०७७ चैत्र मसान्त २ अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन २०७८ वैशाख मसान्त ३ अधिवेशन हुन बाँकी रहेका प्रदेशको अधिवेशन २०७८ वैशाख मसान्त ४ अधिवेशन हुन बाँकी रहेका प्रवास संगठनको अधिवेशन २०७८ वैशाख मसान्त ५ महाधिवेशन हुन बाँकी रहेका सदस्य (जातीय–राष्ट्रिय) संगठनको महाधिवेशन २०७८ वैशाख मसान्त ६ संघीय परिषद बैठक २०७८ जेठ ४ गते ७ दशौं महाधिवेशन २०७८ जेठ १९ र २० सुर्खेत जगतबहादुर बराम अध्यक्ष

यस्तो छ महाधिवेशन कार्यतालिका  
 
१) विस्तारित बैठक २०७७ चैत्र मसान्त
२) अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन २०७८ वैशाख मसान्त
३) अधिवेशन हुन बाँकी रहेका प्रदेशको अधिवेशन २०७८ वैशाख मसान्त
४) अधिवेशन हुन बाँकी रहेका प्रवास संगठनको अधिवेशन २०७८ वैशाख मसान्त
५) महाधिवेशन हुन बाँकी रहेका सदस्य (जातीय-राष्ट्रिय) संगठनको महाधिवेशन २०७८ वैशाख मसान्त
६) संघीय परिषद बैठक २०७८ जेठ ४ गते
७) दशौं महाधिवेशन २०७८ जेठ १९ र २० सुर्खेत                

COMMENTS

WORDPRESS: 0
DISQUS: 0