नवलपुरमा अदुवा प्रशोधन केन्द्र स्थापना हुने

Homeसमाज

नवलपुरमा अदुवा प्रशोधन केन्द्र स्थापना हुने

तामाङ समुदायले सोनाम ल्होसार मनाउदैँ
४५ वर्षिया कुमालको ज्यान गएपछि एक्स्काभेटरमा आगजनी
कांग्रेस नेता खनालद्वारा जन्मदिनको अवसरमा खाद्य सामाग्री वितरण

१७ फागुन, नवलपुर ।

पूर्वी नवलपरासीको कावासोतीमा अदुवा प्रशोधन केन्द्र स्थापना हुने भएको छ ।
कावासोती नगरपालिका २ स्थित कृषि उपज व्यवस्थापन थोक बजारमा ४० लाख रुपैयाँको लगानीमा प्रशोधन केन्द्र स्थापना हुने भएको हो ।
गण्डकी प्रदेश सरकारको २८ लाख र बजार समितिको १२ लाख रुपैयाँको लगानीमा अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि भवन निर्माण गर्न लागिएको कृषि उपज व्यवस्थापन थोक बजार समितिका अध्यक्ष लेखनाथ बस्यालले बताए ।


समितिका अनुसार नवलपुर जिल्लाभर उत्पादन भएका अदुवालाई एकै ठाउमा भण्डार गरिने छ ।
प्रशोधन केन्द्रका लागि आवश्यक पर्ने भवन निर्माणका लागि कृषि उपज व्यवस्थापन थोक बजार समितिकै १० धुर जग्गा प्रयोग गरिने छ ।
काँटा सहित प्रशोधनका लागि चाहिने आवश्यक सामग्री प्रदेश सरकारले नै उपलब्ध गराउने समितिका अध्यक्ष बस्यालले बताए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0