नेपाल आदिवासी जनजाति महासंघको १० औँ राष्ट्रिय महाधिवेशन आगामी जेठमा हुने

Homeसमाज

नेपाल आदिवासी जनजाति महासंघको १० औँ राष्ट्रिय महाधिवेशन आगामी जेठमा हुने

नवलपुरका बालुवा प्रशोधन उद्योगहरु विना कारवाही सुचारु
श्रीपञ्चमी मनाइयो
तुइनको सहायतामा उपल्लो डोल्पामा पहिलो पटक एम्बुलेन्स पुग्यो


१७ फागुन , काठमाडौँ ।
नेपाल आदिवासी जनजाति महासंघले दशौँ राष्ट्रिय महाधिवेशनको तालिका सार्वजनिक गरेको छ ।
महासंघको फागुन ७ गते बसेको बैठकले २०७८ जेठ १९ र २० गते सुर्खेतमा दशौँ महाधिवेशन गर्ने निर्णय भएको अध्यक्ष जगतबहादुर बरामले जानकारी दिए ।
महाधिवेशनको तालिका अनुसार विस्तारित बैठक २०७७ चैत्र मसान्त, अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन २०७८ वैशाख मसान्त, अधिवेशन हुन बाँकी रहेका प्रदेशको अधिवेशन २०७८ वैशाख मसान्त, अधिवेशन हुन बाँकी रहेका प्रवास संगठनको अधिवेशन २०७८ वैशाख मसान्त, महाधिवेशन हुन बाँकी रहेका सदस्य (जातीय–राष्ट्रिय) संगठनको महाधिवेशन २०७८ वैशाख मसान्त , संघीय परिषद बैठक २०७८ जेठ ४ गते र दशौं महाधिवेशन २०७८ जेठ १९ र २० गते सुर्खेतमा हुने भएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0