राष्ट्रपति भण्डारीद्धारा फागुन २३ गते प्रतिनिधिसभा बैठकको आह्वान

Homeराजनीति

राष्ट्रपति भण्डारीद्धारा फागुन २३ गते प्रतिनिधिसभा बैठकको आह्वान

सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गर्छ – महामन्त्री डा. शशांक
एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने प्रचण्ड–नेपाल समूहको निर्णय
अहिलेको लडाइँ अग्रगमन र प्रतिगमनबीचको हो – प्रचण्ड


१७ फागुन , काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अर्थात् आउँदो आइतवारका लागि प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वान गरेकी छिन् ।।
मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले २३ गते दिउँसो चार बजेको लागि बैठक आह्वान गरेकी हुन् ।
सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद बैठक आह्वानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
गएको पुस पाँच गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरे पनि सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटनको निर्णय बदर गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0