४५ वर्षिया कुमालको ज्यान गएपछि एक्स्काभेटरमा आगजनी

Homeकुमाल समाज

४५ वर्षिया कुमालको ज्यान गएपछि एक्स्काभेटरमा आगजनी

नेपाल कुमाल समाज सुधार समितिको ७ औं राष्ट्रिय एकता महाधिवेशन आगामी वैशाख १८ र १९ गते कास्कीमा हुने
नेपाल कुमाल समाज २७ वर्ष पूरा , समुदायका लागि कुनै ठोस कार्य नभएको भन्दै असन्तुष्टि बढ्यो
” बोझ भर्सेस नारी”

१७ फागुन , धादिङ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटारमा महिलाको ज्यान गएपछि स्थानीयले एक्स्काभेटरमा आगो लगाएका छन् ।
बाटो खन्ने क्रममा एक्स्काभेटरले लागेर घाइते भएकी महिलाको खाल्टो खनी अपरेटरले पुर्ने प्रयास गरेको आरोपमा एक्स्काभेटर जलाइएको हो ।

सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पैदल यात्री त्रिपुरासुन्दरी गाउँपलिका १ की ४५ वर्षीया सरस्वती कुमाल घाइते भएको र घाइते कुमाललाई अपरेटरले खाल्टो खनेर गाड्न खोज्दा ज्यान गएको स्थानीयको आरोप छ ।

घटनापछि स्थानीयले डोजरमा आगो लगाएको र अपरेटर फरार रहेको प्रहरीले बताएको छ । सल्यानटारमा घटना नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1