नवलपुरमा सवारी दुर्घटना , घटना स्थलमै २ जनाको मृत्यु

Homeसमाज

नवलपुरमा सवारी दुर्घटना , घटना स्थलमै २ जनाको मृत्यु

आदिवासी जनजाती महासंघकाे महाधिवेशन २०७८ जेठ १९ र २० गते
मजदुर आन्दोलन स्थगित, मागहरु एक हप्ता भित्र सम्वोधन हुने सम्झौता
सकारात्मक सोचको विकास भएमा मात्र लैँगिक हिँसा अन्त्य हुन सक्ने सरोकारवालाहरुको ठहर

१८ फागुन, नवलपुर ।

पूर्वी नवलपरासीको दुम्कौलीमा मध्यरातमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
रातको १२ बजे दुई ट्रक आपसमा जुद्धा सो दुर्घटना भएको हो ।
पुर्वबाट पश्चिम तर्फ आउँदैगरेको ना ७ ख ७०२३ र पश्चिमबाट पूर्वतर्फ जाँदैगरेको ना ६ ख ३०११ नं को ट्रक आपसमा ठोक्किएर दुबै ट्रकका चालकको ज्यान गएको छ।

ज्यान गुनाउनेमा मकवानपुर घर भएका वर्ष ३४ का रामकुमार न्यौपाने र कास्की घर भएका वर्ष ५१ का खिम बहादुर बिक रहेको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।
दुबै ट्रकका सह -चालक भने घाईते भएका छन । मृतकको शवलाई पोस्टमार्टमका लागी जिल्ला अस्पताल डण्डामा राखिएको प्रहरीले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0