नवलपुरमा दोश्रो चरण अन्तर्गत ४२ हजार ८७२ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य

Homeअन्य

नवलपुरमा दोश्रो चरण अन्तर्गत ४२ हजार ८७२ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य

8 things your boss expects you know about fashion nails
A Detailed Guide to Eating Grapes and Reaping Their Health Benefits
स्वीटजरल्याण्डमा मुस्लिम महिलालाई बुर्का लगाउनु पर्ने बाध्यताको अन्त्य

१८ फागुन , नवलपुर ।
पूर्वी नवलपरासीमा दोश्रो चरण अन्तर्गत ४२ हजार ८ सय ७२ जनालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाइका अनुसार जिल्लाका ८ वटै स्थानिय तह अन्तर्गत रहेका शिक्षक, सवारी चालक , सहचालक र ५५ वर्ष भन्दा माथि उमेरकालाई लगाइने छ ।
जसअनुसार ३५ हजार ५ सय २८ जना ५५ वर्ष भन्दा माथि उमेरकालाई मात्र खोप लगाइने छ भने ६ हजार १ सय २ जना शिक्षक , १ हजार १ सय ६२ जना चालक र सहचालकलाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


खोपको प्राथमिकतामा परेका मध्ये गैडाकोट नगरपालिकामा ७ हजार, देवचुली नगरपालिकामा ३ हजार ९ सय ९, कावासोती नगरपालिकामा ७ हजार ३ सय , मध्यविन्दु नगरपालिकामा १ हजार ४ सय ४० जनालाई खोप लगाइने छ ।
त्यसैगरी विनयी त्रिवेणी गाउपालिकामा ४ हजार ७ सय ८० जनालाई , हुप्सेकोट गाउपालिकामा ५ हजार ३ सय ३२ जनालाई , बुलिङ्टार गाउपालिकामा २ हजार १ सय ७६ जनालाई र बौदीकाली गाउपालिकामा पनि २ हजार १ सय ७६ जनालाई कोरोना विरुद्धको कोभिशिल्ड लगाइने भएको हो ।
कोभिड १९ रोग विरुद्धको खोप अभियान ०७७ ,०७८ अन्तर्गत दोश्रो चरणको खोप लगाउने सम्बन्धमा मँगलबार जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0