वैज्ञानिक वन व्यवस्थापनका नाममा वन सखाप पारिएको ओलीको टिप्पणी

Homeसमाज

वैज्ञानिक वन व्यवस्थापनका नाममा वन सखाप पारिएको ओलीको टिप्पणी

देशका हिमाली क्षेत्रहरुमा भारी हिमपात
पर्यटकको ५ हजार डलरको कोरोना बिमा हटाइयो
भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणमा हुन सक्ने अनियमितता प्रति सरकारको कडा नीति


१८ फागुन , काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वनसँग सम्बन्धित नीति बनाउँदा उपभोक्ताको साथ लिएर बनाउने बताएका छन् ।
मङ्गलवार काठमाण्डौमा आयोजित सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वन विकासको नीति बनाउँदा नागरिक तथा उपभोक्ताको साथ लिएर बनाउने बताएका हुन् ।
वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको सुरक्षा र संरक्षणका लागि पनि नागरिकको साथ लिने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा वन सखाप पारिएको भन्दै वन विकासको प्रतिफल दिने नीति आवश्यक रहेको औँल्याए ।
प्रधानमन्त्री ओलीले सामुदायिक वन उपभोक्ता समितिहरूले वनको संरक्षण गर्न भूमिका खेलेको बताए ।
उपभोक्ता समितिहरूले नष्ट भइसकेका वनहरूलाई पुनर्जीवन दिएको उनको भनाइ छ ।
फलस्वरूप वातावरणीय सन्तुलन कायम हुन योगदान पुगेको पनि प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री ओलीले सबै प्रकारका वनको सुरक्षा, समुचित प्रबन्ध र व्यवस्थापनमा सरकारको ध्यान रहेको पनि बताए ।
वनको अधिकतम सुरक्षा र विकास गरी नागरिक र राष्ट्रले अधिकतम प्रतिफल लिने कुरामा सन्तुलन कायम गर्ने पनि उनको भनाइ छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0