ताप्लेजुङको दोभान बजारमा लागेको आगलागीबाट ७९ परिवार विस्थापित

Homeअन्य

ताप्लेजुङको दोभान बजारमा लागेको आगलागीबाट ७९ परिवार विस्थापित

5 Reasons to Include Weight Training in Your Exercise Schedule
नवलपुरसहित देशका धेरै ठाउँको मौसम अहिले सफा
9 ways beauty essentials can make you rich

१८ फागुन , ताप्लेजुङ ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा मंगलबार बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएका छन् ।
यो समाचार तयार पार्दासम्म पूर्णरुपमा आगो नियन्त्रणमा आउन नसकेको र४७ घर जल्दा ७९ परिवार बिस्थापित भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख बालरनसिंह राणाले जानकारी दिनुभयो ।
आगलागीमा परेर लक्ष्मी बैंक शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको शाखा कार्यालय र आइएमईको एउटा शाखा कार्यालय जलेर पूरै नष्ट भएको स्थानीयवासीहरुले जानकारी दिएका छन्। जिल्लाको दोस्रो ठूलो बजार दोभान हो ।
यस बजारमा १ सय व्यापारिक घर रहेका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0