नवलपुरका सञ्चार गृहमा आवद्ध श्रमजिवि पत्रकारहरुलाई ऐक्यबद्धता गराएर लैजान्छौँ – रानाभाट

Homeअन्य

नवलपुरका सञ्चार गृहमा आवद्ध श्रमजिवि पत्रकारहरुलाई ऐक्यबद्धता गराएर लैजान्छौँ – रानाभाट

What wikipedia can’t tell you about love quotes
आज महाशिवरात्रि पर्व मनाइदै
Netflix have cancelled one of the most-demanded streaming shows in US

१८ फागुन , नवलपुर ।

नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासी मंगलबार देखि दोश्रो वर्ष पार गरी तेश्रो वर्षमा प्रवेश गरेको छ ।
महासंघ शाखा नवलपुरले आफ्नो स्थापना दिवसका अवसरमा कावासोती नगरपालिका १२ पिठौलीमा रहेको लक्ष्मी नारायण बृद्धाश्रममा फलफूल वितरण समेत गरेको छ ।
मंगलबार एक औपचारीक कार्यक्रमका बिच महासंघले लक्ष्मी नारायण बृद्धाआश्रममा फलफूल वितरण गरेको हो ।

नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासीका अध्यक्ष होमराज रानाभाटको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
अध्यक्ष रानाभाटले नवलपुर जिल्ला भित्र रहेका सबै सञ्चार गृहमा आवद्ध श्रमजिवि पत्रकारहरुलाई ऐक्यवद्धता गराएर लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
नेपालको सँबिधान २०७२ मा नवलपरासी जिल्ला टुक्रिए पछि नेपाल पत्रकार महासँघ पुर्बी नवलपरासीको स्थापना भएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0