प्रचण्ड–माधव समूहसँग मिलेर सरकारमा जानुपर्छ – महामन्त्री कोइराला

Homeअन्य

प्रचण्ड–माधव समूहसँग मिलेर सरकारमा जानुपर्छ – महामन्त्री कोइराला

नवलपुरबासीलाई होलि पर्व घरमै बसेर मनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह
WordPress Enthusiasts Exchange their Knowledge in the WordCamp Cologne 2018
ZZ Ward Performing Live at the ESPY Awards Pre Show in L.A.

१९ फागुन , काठमाडौँ ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने बताएका छन् ।

काठमाण्डौमा पत्रकारसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड–नेपाल समूहले दर्ता गर्ने पनि जानकारी दिए ।

महामन्त्री कोइरालाले सबैभन्दा पहिला प्रधानमन्त्रीलाई हटाउनुपर्ने र त्यसका लागि संसदमा अविश्वासको प्रस्ताव दर्ता हुनुपर्नेमा जोड गरे ।

प्रतिनिधिसभा सदस्य डा. कोइरालाले नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्ने तर त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि नहुने समेत बताए।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0