राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल उपलब्ध गराउन आग्रह

Homeअन्य

राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल उपलब्ध गराउन आग्रह

उखु कृषक आन्दोलन गर्न काठमाण्डूमा
Luxury Handbag Brands See Opportunity in ‘Made in Asia’
18 facts about country billboards that will impress your friends

१९ फागुन , कर्णाली ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेका छन् ।

आफ्ना जनताका लागि खानाको समस्या भएको भन्दै मङ्गलवार मुख्यमन्त्री शाहीको कार्यकक्षमा पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले चार महिनासम्म भत्ता नदिएको गुनासो पोखे ।

गाउँपालिकाले दिने प्रतिव्यक्ति मासिक तीन हजार रुपैयाँ नपाउँदा खानलाई चामल किन्न नसकेकाले भोको पेटमा सरकारसमक्ष बिन्ती बिसाउन आएको उनले बताए ।

‘मेरा जनता भोकले मर्न आँटे । म पनि भोकै यहाँ आएको छु’, उनले भने,’पेटभन्दा ठूलो केही छैन । सरकारले भत्ता र रासन पानी दिएर पठाउनु पर्यो ।’

उनले ४६ घर परिवारका सबैलाई खानका लागि चामल नहुँदा भोकले ठूलो समस्या बनाएको भन्दै जतिसक्दो छिटो सम्बोधन गरिदिन मुख्यमन्त्रीलाई आग्रह गरे ।

आफ्नै कार्यकक्षमा भोकको समस्या बोकेर आएका राउटे अगुवा दिलबहादुरको टोलीलाई मुख्यमन्त्री शाहीले चिन्ता नलिन आग्रह गरेका छन् ।
उनले राउटेको ४६ घर परिवारका लागि प्रदेश सरकारले खानासहित ओतका लागि व्यवस्थित पाल उपलब्ध गराउने वचन दिए ।

पछिल्लो समयमा उनीहरुलाई अस्थायी भए पनि पालको व्यवस्थित बास बनाउने योजना बनाइएको प्रदेश सरकारले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0