सिटिजन लाइफ इन्स्योरेन्स द्वारा घातक रोगको उपचार खर्च प्रदान

Homeअन्य

सिटिजन लाइफ इन्स्योरेन्स द्वारा घातक रोगको उपचार खर्च प्रदान

The Holiday Air Travel Forecast Calls for More People, but Better Screening
Is Coffee Healthy? A Nutritionist Explains the Facts
कावासोतीमा लागुऔषध सहित एक जना पक्राउ

१९ फागुन , गोरखा ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको गोरखा शाखाले घातक रोग उपचार खर्च प्रदान गरेको छ ।

मंगलबार ( हिजो ) कम्पनीले आरुघाट गाउपालिका वडा नंबर ९ को बिजुली चोकमा एक औपचारिक कार्यक्रमका बिच उक्त रकम प्रदान गरेको हो ।

आरुघाट गाउपालिका वडा नंबर ९ निवासि रुमति गुरुङले २०७६ जेठमा सिटिजन लाइफको गोरखा शाखाबाट ३ लाखको बार्षिक अग्रिम भुक्तानी बीमा योजना खरिद गर्नुभएको थियो ।
एउटा बिमाशुल्क मात्रै बुझाएकि रुमतिलाई ब्रेन ट्यूमर भएपछि उपचारको लागि बिमाङ्क रकम प्रदान गरिएको शाखा प्रबन्धक हरिहर आचार्यले बताउनुभयो ।

आरुघाट गाउपालिकाका उप मेयर कल्पना नेपालीको बिशेष उपस्थितिमा भएको उक्त कार्यक्रममा शाखा प्रबन्धक हरिहर आचार्य, एजेन्सि मेनेजर काजिराम अधिकारी, एजेन्सि मेनेजर मुना श्रेष्ठ, स्थानिय शिक्षकहरु, बुद्धिजिबी, व्यापारी, सामाजिक क्षेत्रका व्यक्तित्व लगायत जनसमुदायको उपस्थिति रहेको थियो भने उपचार खर्च रकमको चेक शाखा प्रबन्धक हरिहर आचार्य र गाउपालिका उप प्रमुख कल्पना नेपालीले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उप प्रमुख नेपालीले भन्नुभयो, “आजसम्म कुनै पनि बीमाले यसरी उपचार खर्च दिएको थाहा थिएन, सिटिजन लाइफ इन्स्योरेन्सले घरैमा आएर रोगको उपचार खर्च दिएकोले यसप्रति आम जनसमुदायको बिश्वास बढेको छ ।” यता शाखा प्रबन्धक आचार्यले “बीमा भनेपछि मान्छेहरु भाग्ने गरेको तर बीमा कम्पनी ग्राहकसंग केहि लिन नभै जहिले पनि दिन मात्रै आउने बताउनुभयो ।
नेपालमै पहिलो पटक डबल + बोनस , दुइगुणा बिमाङ्क सुबिधा, र २० वटा सम्म घातक रोगको उपचार खर्च दिने अनुपम योजनाने गर्दा सिटिजन प्रति मानिसको आकर्षण बढ्दो छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0