सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिन : राष्ट्रसंघ

Homeअन्तराष्ट्रिय

सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिन : राष्ट्रसंघ

प्रतिबन्धहरु फुकुवा गर्न अमेरिकासँग इरानको आग्रह
म्यानमारमा सेनाको गोली लागेर अहिलेसम्म ४३ जनाभन्दा धेरै बालबालिकाले ज्यान गयो
२० लाख यमनी बालबालिका भोकमरीको समस्यामा

२० फागुन , काठमाडौँ ।
म्यानमारमा हिजो सैनिक ‘कू’ विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको ज्यान गएपछि संयुक्त राष्ट्रसंघले यसलाई ‘रक्तपातपूर्ण’ दिन भनेको छ ।
राष्ट्रसंघले म्यानमारमा सैन्य ‘कू’ यताकै रक्तपातपूर्ण दिन भनेको हो । हिजो प्रदर्शनका क्रममा त्यहाँ ३८ जनाको ज्यान गएको थियो भने कयौँ घाइते भएका छन् ।
हिजोको घटनापछि बेलायतले राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ भने अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने चेतावनी दिएको छ ।

सुरक्षा फौजले विभिन्न शहरमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको जनाएको छ ।
नेतृ आङ सान सुकीलगायत नेताको रिहाइको माग गर्दै म्यानमारमा विरोध प्रदर्शन भैरहेको छ । प्रदर्शनका क्रममा अहिलेसम्म ५० जना भन्दा धेरैको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।
सेनाले चुनावमा असन्तुष्टि जनाउँदै नेतृ सुकीसहितका नेताहरुलाई हिरासतमा राखेर एक वर्षका लागि संकटकालको घोषणा गरेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0