सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति

Homeराजनीति

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति

जसपाले गर्‍यो चरण बद्द आन्दोलनको घोषणा
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
प्रदेश सरकार बलात्कारका घटनामा गम्भीरता देखिएन – प्रदेश सांसद

२० फागुन , काठमाडौँ ।
सरकार र नेत्र विक्रम चन्द समूह विप्लवबीच तीन बुँदे सहमति भएको छ ।
बालुवाटारमा भएको आज दोस्रो चरणको छलफलका क्रममा तीन बुँदे सहमति भएको हो ।
सहमति अनुसार विप्लवले आफ्ना सबै राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने उल्लेख छ ।
यस्तै, सरकारकातर्फबाट विप्लवमाथि लगाएको प्रतिबन्ध हटाउने, पक्राउ परेका विप्लवका सम्पूर्ण कार्यकर्ता रिहाइ र मुद्दा खारेजी लगायत छन् ।


सहमतिको विस्तृत विवरण भोलि दिउँसो २ बजे सार्वजनिक गरिने छ । आज संयुक्त विज्ञप्ति निकालेर सहमति भएको बारे जानकारी गराइएको हो ।
विज्ञप्तिमा सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गर्नु भएको छ ।
सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीच हिजो पहिलो चरणको औपचारिक वार्ता भएको थियो ।
विप्लव समूहसँग वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय सरकारी वार्ता टोली बनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0