वार्ता पछी नवलपुरबाट विप्लवको पहिलो तस्विर सार्वजनिक

Homeअन्य

वार्ता पछी नवलपुरबाट विप्लवको पहिलो तस्विर सार्वजनिक

उखु कृषक आन्दोलन गर्न काठमाण्डूमा
16 facts about modern living rooms that’ll keep you up at night
5 Reasons to Include Weight Training in Your Exercise Schedule


२१ फागुन , नवलपुर
सरकारसंगको वार्ता पछि विप्लवको पहिलो तस्विर सार्वजनिक भएको छ ।
नवलपुरको देवचुलीमा कार्यकर्तासंगको भेटघाटको तस्विर सार्वजनिक भएको हो ।
विप्लवले आज काठमाडौंमा सम्बोधन गर्ने भएपछी उहाँ विहान नवलपुरबाट त्यस तर्फ प्रस्थान गर्नुभएको छ ।
नेत्र विक्रम चन्द विप्लव नवलपरासी पूर्व नवलपुरबाट काठमाण्डौं प्रस्थान गर्नुभएको हो ।
आज विहान ७ बजे विप्लव काठमाण्डौं प्रस्थान गर्नुभएको हो । बिहिबार साँझ ५ बजे नवलपरासी प्रवेश गर्नुभएका विप्लव राति देवचुली नगरपालिका –१३,का शहिद परिवारको घरमा बस्नुभएको थियो ।


आज विहान यहाँ स्थित कार्यकर्ताहरुसंगको भेटघाट पछि काठमाण्डौं प्रस्थान गर्नुभएको हो । विहान कार्यकर्ताहरुसंग भेटघाट गरि काठमाण्डौ लागेको श्रोतले जनाएको छ ।
देवचुलीबाट सार्वजनीक गाडी मार्फत काठमाण्डौं प्रस्थान गरेको जनाईएको छ ।
विप्लव संगै केन्द्रिय सदस्य बाला थापा र आधा दर्जन आफ्ना सुरक्षा दस्ता सहित उहाँ काठमाण्डौ लाग्नुभएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0