कावासोती नगरपालिकाले थप २२ करोड बढी बजेट भित्राउने

Homeअर्थ

कावासोती नगरपालिकाले थप २२ करोड बढी बजेट भित्राउने

Netflix have cancelled one of the most-demanded streaming shows in US
विद्यार्थीले चाहेको जस्तो देश बनेन – नेविसंघ महामन्त्री थपलिया
Tech Companies Dragged Feet on Russian Interference Data, Reports Say

२१ फागुन , नवलपुर ।
पुर्बी नवलपरासीको कावासोती नगरपालिकाले थप २२ करोड बढी बजेट भित्र्याउने भएको छ ।
कावासोती नगरपालिकाले नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना संचालन गर्ने गरि नगरपालिका र शहरी विकास तथा भवन निर्माण विभाग बिच बिहिबार २२ करोड २ लाख ४१ हजार १३१ रुपैँया बराबरको सम्झौता गरेको छ ।
जसअन्तर्गत भौतिक निर्माण तथा स्वरोजगारका क्षेत्रमा काम हुने छ । विश्व बैंकको सहयोगमा हुने यस कार्यक्रम तीन वर्ष सम्म चल्ने कावासोती नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रमेश घर्तीले बताउनुभयो ।
चालु आर्थिक वर्षमा दुई करोड विस लाख ,दोश्रो वर्ष १३ करोड २१ लख ४४ हजार ६ सय ७९ र तेश्रो वर्ष ६ करोड ६० लाख ७२ हजार ३ सय ३९ रुपैया बराबरको काम हुने छ, प्रमुअ प्रशासकिय अधिकृत घर्तीले बताउनुभयो । गण्डकी प्रदेशमा फलेवास र कावासोती नगरपालिकामा आयोजना संचालन हुने छ ।
कावासोती नगरपालिकामा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना संचालन हुनु आफैमा महत्वपूर्ण हुने कावासोती नगरपालिका नगर प्रमुख चन्द्र कुमारी पुनले बताउनुभयो ।
नगरपालिका शहर उन्मुख भएकोले यसलाई अझै व्यवस्थित बनाउन आयोजनाबाट काम हुने उहाँले बताउनुभयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0