नेकपा अध्यक्ष दाहालले ओलीलाई ’कुहिएको अन्डा’ को संज्ञा दिए

Homeराजनीति

नेकपा अध्यक्ष दाहालले ओलीलाई ’कुहिएको अन्डा’ को संज्ञा दिए

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च आदलतमा रिट दायर
प्रचण्ड र नेपाल समूहद्वारा संसद् अधिवेशनको माग
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि भोलि सुनुवाइ हुँदै

२२ फागुन , काठमाडौँ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिष्ट भन्दै ’कुहिएको अन्डा’ को संज्ञा दिएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिष्टहरु बिग्रिए कामै नलाग्ने गरी कुहिएर जाने बताएका हुन् ।
कम्युनिष्ट आन्दोलन वैज्ञानिक मान्यतामा आधारित आन्दोलन भए तापनि समाजमा भएका गलत संगत र अभ्यास पनि मिसिन आउने भएकाले गलत र सहीको संघर्ष सधैं चलिरहने उनले स्पष्ट पारे ।
उनले कम्युनिष्ट आन्दोलन भित्रको संघर्ष समाज विकासको वर्ग संघर्ष भएको पनि दाहालले बताए ।
माओले बिग्रिएका कम्युनिष्टलाई कुहिएको अन्डाको संज्ञा दिएको दृष्टान्त दिँदै अध्यक्ष दाहालले प्रधानमन्त्री ओली पनि ’कुहिएको अन्डा’ भएको बताए ।
प्रतिनिधिसभा विघटन भएको दिन आफूले प्रतिक्रान्तिको षड्यन्त्र विरुद्ध ’जनयुद्ध’ सुरु भएको भनेको स्मरण गर्दै उनले सर्वोच्चको फैसलासँगै सबै विजयी भएको बताए ।
उनले विभिन्न शक्तिको चलखेलका कारण कम्युनिष्ट आन्दोलनका सहकर्मी साथीहरु अलग भएको भन्दै अहिले फेरि कम्युनिष्ट आन्दोलनमा समाहित हुन आएकोमा खुसी व्यक्त गरे ।
उनले नेत्रविक्रम चन्द पनि आफ्नै बाटोमा आएकोमा खुसी हुँदै उनलाई स्वागत गर्न प्रतिक्षारत रहेको बताए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0