तिन वटा पार्टी समायोजन भएर जसपा नवलपुर घोषणा

Homeअन्य

तिन वटा पार्टी समायोजन भएर जसपा नवलपुर घोषणा

मुम्बईको सनराइज अस्पतालमा आगलागी हुदाँ ६ जनाको ज्यान गयो
नवलपुरबासीलाई होलि पर्व घरमै बसेर मनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह
18 podcasts about cool science experiments

२२ फागुन , नवलपुर ।
जनता समाजबादी पार्टी पूर्वी नवलपरासीको अध्यक्षमा धन बहादुर गुरुङ चयन हुनुभएको छ ।
शनिबार कावासोतीको पुन समाज हलमा आयोजित पार्टी समायोजन घोषणा कार्यक्रममा १ सय ३५ सदस्यीय जिल्ला कार्य समितिको घोषणा भएको हो ।
कार्यक्रममा तत्कालीन सँघीय समाजबादी पार्टी , राष्ट्रिय जनता पार्टी र नेपाल लोकतान्त्रिक पार्टी विच पार्टी समायोजन भइ जनता समाजबादी पार्टी , जसपा घोषणा गरिएको हो ।
समितिको उपाध्यक्षमा जगतकाजी गुरुङ, देबीसरा पुलामी , भिम बहादुर बि क लगायत ६ जना चयन भएका छन् ।


त्यस्तै सचिवमा ओम थनेत , कोषाध्यक्षमा डोलराज गैरे चयन हुनुभएको छ । सह सचिवमा ३ जना चयन भएको अध्यक्ष धन बहादुर गुरुङले जानकारी दिनुभएको छ ।
त्यसैगरी २५ सदस्यीय कार्यकारिणी समितिको पनि शनिबार नै घोषणा भएको छ ।
धन वहादुर गुरुङको सभाध्यक्ष्ता रहेको कार्यक्रममा जनता समाजबादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा पार्टी समायोजन कार्यदलका संयोजक रुद्र वहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
पार्टी समायोजन कार्यक्रमममा तिन वटै पार्टीका कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0