२२ फागुन , नवलपुर ।
पूर्वी नवलपरासीको कावासोतीमा १ सय ११ औँ अन्तराष्ट्रिय महिला दिवसको पुर्ब सन्ध्यामा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता भएको छ ।
शनिबार कावासोती नगरपालिकाको आयोजनामा “महिलाको सुरक्षा , सम्मान र रोजगार, समृद्ध नेपालको आधार” शिर्षकमा प्रतियोगिता भएको हो । शनिबार एक औपचारीक कार्यक्रमका बिच प्रतियोगिता सञ्चालन भएको थियो ।
कार्यक्रममा कावासोती नगरपालिकाका महिला तथा बालबालिका शाखाका अधिकृत सुशीला तिमिल्सिनाको सभाध्यक्षता एवम् नगरप्रमुख चन्द्र कुमारी पुनको प्रमुख आतिथ्यता रहेको थियो ।
नगरपालिकाले विद्यालय स्तरमा निबन्ध लेखन प्रतियोगिता गरेको हो । निबन्ध लेखन प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका छात्राहरुले भाग लिएका छन् । प्रतियोगितामा १६ जना छात्राहरुको सहभागिता रहेको थियो ।


यस्तै वक्तृत्वकला प्रतियोगितामा नगरभित्र रहेका विभिन्न संस्थाका ११ जना महिलाहरुको सहभागिता रहेको छ ।
वक्तृत्वकला प्रतियोगितामा नेपाली शिक्षक तिल विक्रम सिग्देल , ओम ज्योति ट्रष्ट विन्दुका अध्यक्ष विन्दु केसी र कानुन व्यवसायी राधा सिग्देल मूल्याङ्कन कर्ताका रुपमा रहनुभएको थियो । भने निबन्ध लेखन प्रतियोगितामा मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतीका प्राध्यापक मुक्तिनाथ ढकाल मूल्याङ्कन कर्ताका रुपमा रहनुभएको थियो ।
प्रतियोगिताको नतिजा आइतबार एक कार्यक्रमका बिच सार्वजनिक गरिने आयोजकले जनाएको छ ।






COMMENTS