आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाइ कोरोना खोप लगाइने

Homeस्वास्थ

आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाइ कोरोना खोप लगाइने

विद्यालय बन्द गर्न मन्त्रालयले कुनै सिफारिस गरेका छैनौँ – प्रवक्ता प्राडा गौतम
नेपालमा आइतबार ८३० जना संक्रमित थपिए, ९ जनाको मृत्यु
अहिलेसम्म तीन लाख ४० हजारले लगाए काेराेना विरुद्धकाे खोप

२३ फागुन , काठमाडौँ ।
सरकारले आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउँदै छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो चरणअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउने भएको हो ।
खोपको उपलब्धता र जोखिमको आधारमा आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई खोप दिइने छ ।
दोस्रो चरणको खोप अभियानका लागि स्वास्थ्य मन्त्रालयले ६ हजार खोप केन्द्र तोकेको छ ।
यसअघि अस्पतालमा खोप अभियान सञ्चालन गरेको मन्त्रालयले दोस्रो चरणमा खोप केन्द्र नै तोकेको हो ।
मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले हरेकदिन २ देखि ३ लाख जनालाई खोप दिने तयारी गरेको जानकारी दिनुभयो ।
दोस्रो चरण सुरु भएको ११ औँ दिनदेखि ५५ वर्षदेखि ६४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई खोप दिइनेछ ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अपाङ्गता भएकाहरुलाई प्राथमिकतामा राखिएको जानकारी दिनु भएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0