प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु

Homeविशेष

प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु

तिहारको आगमनसँगै फूलहरु ढकमक्क फुल्न थाले
आदिबासी जनजातिको मुद्दालाई बिशेष प्राथमिकता दिनु पर्छ – जनजाति अगुवा
रक्क गार्डेन् – ढुङ्गै ढुङ्गाले सजिएको प्राकृतिक बगैंचा

२३ फागुन , काठमाडौँ ।
प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको हो ।
बैठककालागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको संसद सचिवालयले जनाएको छ ।
नेकपाभित्रको आन्तरिक विवाद समाधान नभएको अवस्थामा संसदको बैठक कसरी अघि बढ्ने भन्ने बिषय अझै टुंगो लागिसकेको छैन ।
सत्तारुढ दल नेकपाभित्र विवाद बढ्दै गएपछि संसदीय दलको अलग अलग बैठक बसेका छन ।
नेकपा दाहाल–नेपाल समूहले पुष्पकमल दाहाल प्रचण्डलाई संसंदीय दलको नेतामा चयन गरेको छ भने यसअघि संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मात्र संसदीय दलको बैठकमा संसदभित्र सशक्त रुपमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिनुभएको छ।
नेकपा विभाजन भैनसकेको र विवाद चर्कँदै गएको अवस्थामा वस्न लागेको संसद बैठक कसरी अघि बढ्ला भन्ने आम चासो कायमै छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0