नेकपा नामसम्बन्धी विवादमा सर्वोच्च अदालतद्वारा ऋषि कट्टेलको पक्षमा फैसला

Homeराजनीति

नेकपा नामसम्बन्धी विवादमा सर्वोच्च अदालतद्वारा ऋषि कट्टेलको पक्षमा फैसला

प्रम ओलीको सेटिङले देश चल्दैन– दाहाल –नेपाल नेतृत्वको नेकपाका नेता भुसाल
काङ्ग्रेस वरिष्ठ नेता राम चन्द्र पौडेल प्रहरी नियन्त्रणमा
संविधान भन्दा बाहिर गएर अदालतले फैसला गर्छ भने त्यो फैसला मान्य हुदैन – पौडेल

२३ फागुन , काठमाडौँ ।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको अदालतका सञ्चार विज्ञ किशोर पौडेलले बताएका छन्।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले “निवेदकको माग बमोजिम रिट जारी भएको“ जानकारी दिए।
दुई वर्ष पुरानो मुद्दामा न्यायाधीशहरू वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आइतवार फैसला सुनाएको हो।
नेकपाका दुई समूहबीच आधिकारिकताको विवाद चलिरहँदा सर्वोच्च अदालतको फैसला आएको छ।
प्रधानमन्त्री केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध ऋषि कट्टेल २०७५ मङ्सिर २१ गते रिट निवेदन दायर गरेका थिए।
उक्त रिट निवेदन माथिको सुनुवाइ फागुन १३ गते सकिएको थियो।
सर्वोच्च अदालतले फागुन २० गते नै त्यसबारे फैसला सुनाउने निर्णय गरेको थियो।
तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा अदालत बिदा भएपछि आइतवारका लागि फैसला सारिएको थियो।
सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नाम फेर्नुपर्ने जानकारहरूले बताएका छन्।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0