जीपी कोइराला फाउण्डेसन अमेरिका च्याप्टरद्वारा  मनाङका पत्रकार लामिछाने सम्मानित

Homeअन्य

जीपी कोइराला फाउण्डेसन अमेरिका च्याप्टरद्वारा मनाङका पत्रकार लामिछाने सम्मानित

Apple Unveils Bigger iPhones at Higher Prices
In Fashion: Nostalgic Scarf Prints Come Back Into View
16 facts about modern living rooms that’ll keep you up at night

२३ फागुन , मनाङ ।
गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरले पत्रकार नवीन लामिछानेलाई कदर–पत्रसहित सम्मान गरेको छ ।
कोरोना महामारीको विषम् परिस्थितमा पनि विभिन्न ठाउँमा पुगेर समाचार संकलन गरी सम्प्रेषण गरेको भन्दै उक्त फाउण्डेशनले पत्रकार लामिछानेलाई सम्मान गरेको हो ।
आइतबार कोइराला निवासमा नै पत्रकार लामिछानेलाई फाउन्डेसनकी केन्द्रीय अध्यक्ष सुजता कोइरालाले कदर–पत्र प्रदान गर्नु भएको थियो ।


हिमालपारीको जिल्ला मनाङ दुर्गम स्थलमा बसेर विभिन्न विधामा कमल चलाउदै पत्रकार लामिछानेले जनताका आवाजलाई बुलन्द गर्दै आउनु भएको छ ।
वहाँले बिश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालमा ३४ पटक सम्म प्रत्यक्ष रुपमा स्थलगत रिपोर्टिङ पनि गरी सक्नु भएको छ ।
लामिछाने नेपाल प्रेस युनियन मनाङका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ मनाङकै उपाध्यक्ष हुन् । भने वहाँ नेपाल टेलिभिजन तथा राससमा समेत आवद्ध हुनुहुन्छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0