डोजर आक्रमणमा परी मृत्यु भएका कुमालको परिवारलाई उचित क्षतिपूर्तिको माग

Homeकुमाल समाज

डोजर आक्रमणमा परी मृत्यु भएका कुमालको परिवारलाई उचित क्षतिपूर्तिको माग

नेपाल कुमाल समाज सुधार समिति काठमाडौं जिल्ला कार्य समिति को बैठक सम्पन्न
कुमालको चिनारी
धादिङको निलकण्ठ नगरपालिकामा कुमाल संग्राहलय भवनको शिलान्यास

२३ फागुन , धादिङ ।

नेपाल कुमाल समाज सुधार समिति धादिङले गत फागुन १७ गते डोजरको आक्रमणमा परी ज्यान गएका ४५ वर्षिया सरस्वती कुमालको परिवारलाई उचित क्षतिपूर्ति सहित राहत उपलब्ध गराउन त्रिपूरा सुन्दरी गाउपालिकासँग माग गरेको छ ।
आइतबार जिल्ला कार्य समितिले एक पत्र जारी गर्दै
आक्रमणमा परी ज्यान गएको सरस्वती कुमालको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न गाउँपालिकासँग माग गरेको हो ।

नेपाल कुमाल समाज सुधार जिल्ला कार्य समिति धादिङका अध्यक्ष दान बहादुर कुमालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ , “प्रस्तुत विषयमा धादिङ जिल्ला त्रिपूरा सुन्दरी गाउपालिका १ का सरस्वती कुमाल आफ्नो खेतबाट डोकोमा घाँस बोकि घर फर्कने क्रममा जिवजिवे खोल्सी भन्ने ठाउँमा सडक निर्माण कार्यभैरहेको बेला मिति २०७७ साल फागुन महिनाको १७ गतेका दिन १२ बजेको समयमा उक्त निज सरस्वती कुमाललाई डोजरले ठक्कर दिई सामान्य घाइते बनाएपछि डोजर चालकले पुनः आक्रमण गरि घटना स्थल भन्दा २६ फिट तल लागि खाल्डा खनी खाल्डामा घोप्टो पारी त्यसमाथि घासको डोको , डोको माथी नाम्लो , नाम्लो माथी निज सरस्वती कुमालले लगाएको चप्पल समेत पुरिएको अवस्थामा रहेकोमा डोजरको सहायताले स्थानीय मानिसबाट माटो निकाली उद्धार गरि हेर्दा निज सरस्वती कुमाल मृत्यु अवस्थामा भेटीएको थियो ।
उक्त सरस्वती कुमाललाई डोजरले कौचीले छियाछिया पारिएर मारिएको अवस्थामा भेटिएकोले यस घटना जानिजानी गरेको तसर्थ यश निन्दनीय गैर जिम्मेवारी घटनाप्रती नेपाल कुमाल समाज सुधार समिति जिल्ला काॠ समिति घो आपत्ति व्यक्त गर्दछौ ।
तसर्थ निर्माणाधिन सडकमा यश त्रिपूरा सुन्दरी गाउपालिकाले पनि आवश्यक कर्मचारी ( लाइन्स्मेन ) नियुक्ति गरेको भन्ने बुझिन्छ । तर , यस सडक निर्माण कार्य मा उक्त कर्मचारी नदेखिएकोले यस गाउपालिकाको पनि लापरबाही देखिन्छ । यस निन्दनीय गैर जिम्मेवारी घटना प्रती पीडित परिवारलाई उचित क्षतिपूर्ति सहित राहत व्यवस्था गरिदिनु हुन विनम्र अनुरोध गर्दछौँ ।”

COMMENTS

WORDPRESS: 0
DISQUS: 1