आज १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै

Homeसमाज

आज १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै

पशुपक्षीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा
आज २ सय ९९औँ पृथ्वी जयन्ती मनाइदैँ
४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना रिहा

२४ फागुन , काठमाडौँ ।

‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइदै छ ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

नेपालको संविधानले लैङ्गिक समानताको प्रत्याभूति गर्न महत्वपूर्ण प्रावधानको व्यवस्था गरेको छ । यसबाट महिलाप्रति हुने हिंसा र विभेद हटाउन ठूलो मद्दत पुगेको छ ।
क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् ।
जसलाई सम्मेलनले पारित गर्‍यो र सन् १९११ देखि महिला दिवस मनाउन थालिएको हो ।-

COMMENTS

WORDPRESS: 0
DISQUS: 0