महिलाको सुरक्षा चुनौतिपूर्ण बन्दै

Homeअन्य

महिलाको सुरक्षा चुनौतिपूर्ण बन्दै

कालीगण्डकीको पानी लिफ्ट गरेर तानसेनमा
Entertainment’s brightest young stars turned out for the 2017 Radio Disney Music Awards (RDMA)
Why elementary schools are killing you

२४ फागुन , नवलपुर ।

१ सय ११ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार कावासोतीमा स्थानीय तहमा महिला जनप्रतिनिधीहरुको अवसर र चुनौती विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
अखिल नेपाल महिला संघ (अनेमसंघ) नवलपुरले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
महिला जनप्रतिनिधीहरुले निर्वाचित भएपछि करीब ४ वर्षको अवधीमा पाएको अवसर र चुनौतिका विषयमा आफ्ना–आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा करीब १५ जना महिला जनप्रतिनिधीहरुले बोल्नुभयो । तर , उहाँहरुलाई आफ्ना कुरा राख्न मञ्चमा बोलाएर माईक्रोफोन दिदैँ गर्दा कतिपय त बोल्न पनि डराउनुभयो ।
अधिकाशंले त आज बल्ल पहिलोपटक माईकमा बोल्न पाएको छु , त्यसैले बोल्न पनि डर लागिराखेको छ , भन्नुभयो । केहिले बोल्नै सक्नुभएन थोरै कुरा राखेर विदा हुनुभयो । ,
केहिले पहिलो पटक माइक समातेर बोल्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद दिदै आफ्ना कुराहरुलाई प्रष्ट रुपमा राख्नुभयो ।


कार्यक्रममा बोल्दै वडा नम्बर १० कि सदस्य रिमादेवी गुरौले जनप्रतिनिधी हुँदै गर्दा अवसरहरु पाए पनि विभिन्न समस्याबाट गुज्रिन परेको बताउनुभयो ।
कामको शिलशिलामा जोकोहिसंग पनि डिड्नुपर्ने , दिनरात भन्न नपाईने आधारातमा समेत हिड्नपर्ने अवस्था रहेने जसले गर्दा झण्डै झण्डै आफ्नो घरबार नै बिग्रने अवस्थामा पुगेको बताउनुभयो । ‘केहि व्यक्तीहरुले श्रीमानलाई तेरी श्रीमती त परपुरुषसंग हिड्छे , अर्कैसंग लागि भनेर सुनाउने रहेछन् ।
दिनभरी कामले थाकेर आयो घर आउदा यस्ता कुराले मनमुटाव हुने तर , मैले हिम्मत हारीन ।
यस्ता कुरालाई चिरेरै छाडे ।’ गुरौले भन्नुभयो । आफु विरुद्ध नियोजित रुपमा लागेका व्यक्तीहरुलाई पराजय बनाएरै छाडेको बताउनुभयो ।


यो हिम्मत वडा प्रतिनिधी भएर केहि कुरा जान्ने बुझ्ने भएकै कारण आएको उहाँको भनाई थियो ।
कावासोती वडा नम्बर ९ का दलित महिला सदस्य रश्मी परियारले कार्यक्रममा आफ्ना कुरा राख्दै आरक्षण भएकै कारण दलित र पछाडी परेका महिलाहरुले अवसर पाएको बताउनुभयो ।
उहाँले हिजोका दिनमा कपडा सिलाएर घरमै सिमित हुँदै गर्दा बाहिरका धेरै कुरा थाहा नभएको बताउँदै आहिले वडा सदस्य भएको कारण नै धेरै कुरा सिकेको बताउनुभयो ।
दुई महिनाजति कार्यवहाक अध्यक्ष भएर समेत काम गरेको अनुभव सुनाउदै उहाँले अवसर पाउँदा गर्न सक्दिन भनेर पछि हटेको भए वडाबाट भए गरेका र गर्नुपर्ने कामहरुका बारेमा जानकारी हासिल गर्न नसक्ने बताउनुभयो ।
उहाँले महिला र त्यसमाथी दलित भएकै कारण समाजमा राम्रो काम गर्दा पनि विभिन्न बाहानामा अनेक आरोप लगाउने , महिला भनेर हेपाहा प्रविती देखाउने , आफ्नैबाट समेत सहयोग नहुने , असफल बनाउन लाग्ने समस्याहरु भोगेको सुनाउनुभयो ।


यस्तै कावासोती वडा नम्बर १० का सदस्य सकुन्तला लम्सालले वडाको जनप्रतिनिधी भएकै कारण बजेट कहाँबाट कसरी आउँदो रहेछ ? कुन – कुन शिर्षकमा बजेट छुट्टीने रहेछ ?
ती बजेट प्राप्त गर्न कसरी योजना बनाउने जस्ता महत्वपूर्ण विषयमा बारेमा जान्ने अवसर पाएको बताउनुभयो ।
उहाँले लक्षित वर्गका बजेटलाई सोहि समुदायसम्म पु¥याउन सफल भएको बताउनुभयो । तर , अझै पनि पुरुषहरुले महिला बालबालिका तथा लक्षित वर्गका बजेटलाई विभिन्न भौतिक विकास निर्माणमा लगाउन प्रस्ताव गर्ने परिपाटी रहेको भन्दै त्यस्ता कुरा आउँदा महिला सदस्यहरुले खबरदारी गर्ने काम गरेको बताउनुभयो ।
जनप्रतिनिधी भईसकेपछि धेरैले सहयोग माग्ने , सम्पर्क गर्ने , कार्यक्रममा बोलाउने हुँदा ती कार्यक्रमहरुमा पुग्न घरधन्दा बालबच्चा सबै जिम्म्ेवारी पुरा गरेरै पुग्नुपर्दा महिलाका लागि चुनौति हुने बताउनुभयो । तर , ती सबै जिम्मेवारी पुरा गरेरै आफुहरुले आफ्नो कर्तव्य समेत निभाएको बताउनुभयो ।
कावासोती वडा नं. १३ का दलित महिला सदस्य तथा कार्यपालिका सदस्य कलिया मुसहरले यस किसिमको कार्यक्रम पहिलेनै गर्नुपर्नेमा जोड दिनुभयो ।
दलित र सिमान्तकृत समुदायबाट आफुले प्रतिनिधीत्व गरेको र पढेलेखेको समेत नहुँदा कामलाई बुझ्न निकै गाह्रो भएको अनुभव सुनाउनुभयो ।
सुरुको एक वर्षको समय त केहि नजान्दा चुपै लागेर बस्न बाध्य भएको उहाँले बताउनुभयो । तर , काम गर्दै जादा सिकाई हुँदै गएको र पर्दै जादा काम समेत जान्दै गएको बताउनुभयो ।
कार्यक्रममा बोल्ने महिला वडा सदस्यहरुले वडाका प्रतिनिधीहरु सबै एउटै दलको भएको वडामा काम गर्न केहि सहज भए पनि फरक–फरक दलका प्रतिनिधीहरु भएका वडामा काम गर्न अप्ठेरो हुने गरेको गुनासो गरेका थिए ।
फरक दलका वडा अध्यक्ष भएका ठाउँमा आफ्ना कुराको सुनुवाई नहुने गरेको उहाँहरुको भनाई थियो ।
कतिपय पुरुष वडा अध्यक्ष र सदस्यहरुले समेत महिला भएकै कारण केहि जान्दैनन् , महिलालाई केहि थाहा छैन् , समय दिन भ्याउदैनन् भन्ने सोँच राखेर खबर नगर्ने , जानकारी नदिने गरेको बताउनुभयो ।
तर समग्रका संघियतापछि स्थानीय सरकार स्थापना भएकै कारण वडा – वडाबाट महिला तथा, पछि परेका समुदायको प्रतिनिधीत्व भएको र केहि नजानेका महिला दिदी बहिनीहरुले समेत धेरै कुरा जान्ने अवसर पाएको र अब नेतृत्व लिने ठाउँमा पुग्नुपर्दो रहेछ भन्ने आँट हिम्मत दिएको बताउनभएको थियो ।


कार्यक्रममा सबैको कुरालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य लक्ष्मी सुनारले सासंदबीचमै पनि महिला र पुरुषबीचमा पनि विभेद रहेको जानकारी दिनुभयो ।
त्यसमा पनि समानुपातिक र प्रत्यक्ष सासंदबीचमा गर्ने व्यवहारमा पनि विभेद रहेको भन्दै अब महिलालाई समानुपातिमकै चित्त बुझाउने परिपाटीलाई अन्त्य गर्न महिलाहरु एक हुनु आवश्यक रहेकोमा जोड दिनुभयो ।
अब महिलाहरुलाई पनि प्रत्यक्ष सिट चाहिन्छ भनेर माग्नुपर्ने र आवाज उठाउनुपर्ने बताउनुभयो ।
उहाँले विकास निर्माणका काममा महिलाहरुले बजेट पार्ने र सम्बन्धीत निकायसंग सम्पर्क समन्वय गर्ने गरेपनि महिलाले गरेको विकास निर्माणका कामको खासै लेखाजोखा नहुने तर , पुरुषले गरेका साना काम पनि देख्ने परिपाटी समाजमा रहको बताउनुभयो ।


यस्तै महिला सम्बन्धी कतिपय नितीगत कुराहरु स्पष्ट नभएको अस्पष्ट रहेकाले त्यस्ता निती नियमलाई परिवर्तन गरेर महिलाको हक अधिकारलाई सुनिश्चित गर्न सदनमा कुरा उठाईरहेको र उठाउने बताउनुभयो ।
कार्यक्रममा भुमि सम्बन्धी समस्या समाधान आयोग नवलपुरकी सदस्य योगमाया महतो , अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य सिता पंगेनी , सिता खड्का लगायतले बोल्दै नारी दिवमा दिवसका कार्यक्रम मात्रै नभई अब अनेमसंघले हिंसामा परेका , पछि परेका , शिषित पीडित महिलालाई न्याय दिलाउने काम गर्न आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
अब आउने निर्वाचन वडा सदस्य मात्र होईन , उपप्रमुख र उपाध्यक्ष मात्र होईन अध्यक्ष र प्रमुख पनि महिलालाई चाहिन्छ भनेर आवाज उठाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अनेमसंघ नवलपुरकी सचिव कोपिला पौडेलले सहजीकरण र अन्तराष्ट्रिय नारी दिवसको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै अनेमसंघ नवलपुरकी अध्यक्ष लिला पोख्रेलले अनेमसंघले विगतदेखि नै महिलाको हक अधिकार प्राप्तीका लागि आन्दोलन गर्दै आएको र आजसम्म पनि गरिरहेको बताउनुभयो ।
अब महिलाको सुरक्षा चुनौतिपूर्ण बन्दै गएको बताउनुभयो । उहाँले परिवारकै बुवा , दाजुभाई , छोराबाट महिला असुरक्षित भईरहेको अहिलेको अवस्थामा महिला आफै सुरक्षित र सचेत हुन आवश्यक रहेको बताउनुभयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0