एसईई परीक्षा आगामी जेठ १३ गतेबाट शुरु गर्ने बोर्डको निर्णय

Homeशिक्षा

एसईई परीक्षा आगामी जेठ १३ गतेबाट शुरु गर्ने बोर्डको निर्णय

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक
परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्द
कक्षा १२को परीक्षा आज देखि सुरु

२५ फागुन , काठमाडौँ ।
२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि शुरु हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा आगामी २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म संचालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।
एसईई परीक्षा प्रदेशस्तरीय हुने भनिएपनि आवश्यक कानून निर्माण हुन नसक्दा वोर्डले नै देशभर परीक्षा संचालन गर्ने निर्णय यसअघि सरकारले गरेकोले सोही अनुरुप परीक्षा बोर्डले निर्णय गरेको सदस्य सचिव अर्यालले बताउनुभयो ।
गत बर्षको एईई परीक्षा कोरोना महामारीका कारण सम्बन्धित विद्यालयले नै गरेर नतिजा समेत विद्यालयबाटै पठाए बमोजिम भएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0