चितवन राष्ट्रिय निकुञ्जमा गैंडा र बाघ मृत फेला

Homeसमाज

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा र बाघ मृत फेला

१३२ पालिकासँग भूमि आयोगको सम्झौता
तराईका जिल्लाहरुमा चिसोका कारण जनजीवन कष्टकर
पत्रकार महासङ्घकाे चुनाव : ६० भन्दा बढी जिल्लाको गणना सकिँदा विपुलकाे प्यानललाई अग्रता

२५ फागुन , नवलपुर ।
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा र बाघ मृत फेला परेका छ्न । निकुन्जको पश्चिम सेक्टर (अमलटारी ) अन्तर्गतग कोर इलाका सेहरी नारायणी नदीको कलकत्ता टापुमा अन्दाजी करिब ३० वर्षको भाले गैडा शनिबार मृत् अवस्थामा फेला परेको निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिएका छ्न ।
भाले भाले बीच एक आपसमा जुधेर घाइते भई गैंडाको मृत्यु भएको हुन सक्ने अधिकारीले बताए ।
अधिकारीका अनुसार सो गैडाको खाग खुर लगायत समान सुरक्षित रहेको छ ।
उक्त गैडा संगै यस आ.ब २०७७÷७८ मा २६ वटा गैडाको मृत्यु भएको र सो मध्ये २२ वटा प्राकृतिक र ४ वटा चोरी सिकारीको कारण मृत्यु भएको हो
त्यस्तै निकुन्जको सौराहा सेक्टरमा पर्ने कोर इलाका चपरचुली खहरे खोला क्षेत्रमा करिब अन्द्जी ४ वर्षको लिङ्ग पहिचान हुन नसकेको पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।
बाघको प्राकृतिक कारण मृत्यु भएको हुन निकुञ्जले जनाएको छ ।
यो सँगै यस आ.व २०७७÷७८मा मृत्यू भएको पहिलो बाघ भएको अधिकारीले जानकारी दिएका छ्न ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0