एमाले नेता पन्तविरुद्ध कोमल वलीको गाली बेइज्जती मुद्दा

Homeअन्य

एमाले नेता पन्तविरुद्ध कोमल वलीको गाली बेइज्जती मुद्दा

The complete beginner’s guide to cultural solutions
चिडियाखानामा रहेका हात्तीको आहाराका लागि वनमन्त्री आलेद्धारा रु एक लाख २५ हजार प्रदान
How twitter can teach you about celebrity houses

२५ फागुन , काठमाडौँ ।
राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् ।
लैंगिक हिंसाजन्य टिप्पणी गरेको भन्दै वलीले पन्तविरुद्ध मुद्दा दायर गरेको हो ।
सार्वजनिक कार्यक्रममा आफ्नो इज्जतमा धक्का पु¥याउने नियतले जानी जानी गाली र बेइज्जती गरेको तथा त्यसको प्रचार प्रसार गरेको भन्दै उनले पन्तविरुद्ध ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय माग गरिएको छ ।
गाली गरेवापत १ वर्ष कैद र १० हजार जरिवाना तथा बेइज्जती गरेवापत २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तथा त्यसलाई विद्युतीय माध्यमबाट प्रचार प्रसार गराएवापत थप १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना माग दाबी गरिएको छ ।
फागुन १५ गते नेता पन्तले पार्टीमा बीसौं वर्ष योगदान गरेका महिलाहरु भए पनि कोमल वलीले पिँडुला देखाएर राष्ट्रियसभाको टिकट पाएको टिप्पणी गर्नुभएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0